Brahma Kumaris Murli Nepali 26 December 2019

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    Brahma Kumaris Murli Nepali 26 December 2019

    Brahma Kumaris Murli Nepali 26 December 2019
    Brahma Kumaris Murli Nepali 26 December 2019

    26-12-2019 ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन 
    “ मीठे बच्चे– बाबाको सहयोगी बनेर यस कलीयुगी पहाडलाई सत्ययुगी बनाउनु छ , पुरुषार्थ गरेर नयाँ दुनियाँको लागि फस्टक्लास सीट रिजर्भ गराउनु छ।” 

    प्रश्न:–

    बाबाको कर्तव्य के हो? कुनचाहिँ कर्तव्य पूरा गर्नको लागि संगममा बाबालाई आउनु पर्छ? 

    उत्तर:–

    बिरामी र दु:खी बच्चाहरूलाई सुखी बनाउनु, मायाको फन्दाबाट निकालेर अपार सुख दिनु– यो बाबाको कर्तव्य हो, जो संगममा नै बाबाले पूरा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म आएको छु तिमीहरू सबैको बिमारी मेटाउन, सबैमाथि कृपा गर्न। अब पुरुषार्थ गरेर २१ जन्मको लागि आफ्नो उच्च तकदिर बनाइहाल। 

    गीत:–

    भोलेनाथ से निराला....। 

    ओम् शान्ति। 

    भोलेनाथ शिव भगवानुवाच– ब्रह्मा मुख कमलद्वारा बाबा भन्नुहुन्छ– यो भेराइटी भिन्न-भिन्न धर्मका मनुष्य सृष्टि रूपी वृक्ष हो नि। यस कल्प वृक्ष अथवा सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य बच्चाहरूलाई सम्झाइरहेको छु। गीतमा पनि उहाँको महिमा छ। शिवबाबाको जन्म यहाँ हुन्छ, बाबा भन्नुहुन्छ– म आएको छु, भारतमा। शिवबाबा कहिले पधार्नु भएको थियो? मनुष्यले यो जानेका छैनन्। किनकि गीतामा कृष्णको नाम राखिदिएका छन्। द्वापरको त कुरै होइन। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! ५ हजार वर्ष पहिला पनि मैले आएर यो ज्ञान दिएको थिएँ। यस वृक्षद्वारा सबैलाई थाहा हुन्छ। वृक्षलाई राम्ररी हेर। सत्ययुगमा वास्तवमा देवी-देवताहरूको राज्य थियो, त्रेतामा राम-सीताको हुन्छ। बाबाले आदि-मध्य-अन्त्यको रहस्य बताउनु हुन्छ। बच्चाहरूले सोध्छन्– बाबा, म मायाको फन्दामा कहिले फँसे? बाबा भन्नुहुन्छ– द्वापरदेखि। नम्बरवार फेरि अरु धर्म आउँछन्। हिसाब बतायौ भने बुझ्न सक्छौ– यस दुनियाँमा हामी फेरि कहिले आउने छौं? शिवबाबा भन्नुहुन्छ– म ५ हजार वर्षपछि आएको छु, संगममा आफ्नो कर्तव्य पूरा गर्न। जति पनि सबै मनुष्य मात्र छन्, सबै दु:खी छन्, त्यसमा पनि खास भारतवासी। ड्रामा अनुसार फेरि मैले विश्वलाई नै सुखी बनाउँछु। पिताको कर्तव्य हो बच्चाहरू बिरामी भएमा उनको औषधीमूलो गर्नु। यो हो धेरै ठूलो बिमारी। सबै बिमारीहरूको मूल यी ५ विकार हुन्। बच्चाहरूले सोध्छन्– यो कहिलेदेखि सुरु भयो? द्वापरदेखि। रावणको कुरा बुझाउनु छ। रावण कसैले देख्ने कुरा होइन। बुद्धिबाट बुझ्नु पर्ने हुन्छ। बाबालाई पनि बुद्धिद्वारा जानिन्छ। आत्मा मन-बुद्धिसहित छ। आत्माले जान्दछ– मेरा पिता परमात्मा हुनुहुन्छ। दु:ख-सुख, लेप-छेपमा आत्मा आउँछ। जब शरीर छ भने आत्मालाई दु:ख हुन्छ। यस्तो भन्दैनन्– म परमात्मालाई दु:खी नबनाऊ। बाबा पनि सम्झाउनु हुन्छ– मेरो पनि पार्ट छ, कल्प-कल्प संगममा आएर मैले पार्ट खेल्छु। जुन बच्चाहरूलाई मैले सुखमा पठाएको थिएँ, उनै दु:खी भएका छन्, त्यसैले फेरि ड्रामा अनुसार मलाई आउनु पर्छ। बाँकी कछुवा-माछा अवतार, यो कुरा हुँदै होइन। भन्छन्– परशुरामले बञ्चरो लिएर क्षत्रियहरूलाई मारे। यी सबै हुन् दन्त्य कथाहरू। अहिले बाबाले सम्झाउनु हुन्छ– मलाई याद गर। 

    यी हुन्– जगत अम्बा र जगत पिता। मातृभूमि र पितृभूमि भन्छन् नि। भक्तहरूले भन्ने गर्छन्– तिमी माता पिता.... तिम्रो कृपाले वास्तवमा अपार सुख मिलिरहेको छ। फेरि जसले जति पुरुषार्थ गर्छ। जसरी सिनेमामा जान्छन्, फस्टक्लासको रिजर्भेशन गराउँछन् नि। बाबा पनि भन्नुहुन्छ– चाहे सूर्यवंशी, चाहे चन्द्रवंशीमा सीट रिजर्भ गराऊ, जसले जति पुरुषार्थ गर्छ, त्यति पद पाउन सक्छ। सबैको बिमारी मेटाउन बाबा आउनु भएको छ। रावणले सबैलाई धेरै दु:ख दिएको छ। कुनै पनि मनुष्यले मनुष्यको गति-सद्गति गर्न सक्दैन। यो हो नै कलियुगको अन्त्य। गुरुहरूले शरीर छोडेपछि फेरि यहाँ नै पुनर्जन्म लिन्छन्। त्यसोभए फेरि उनले अरूको के सद्गति गर्छन्! के यतिका सबै अनेक गुरु मिलेर पतित सृष्टिलाई पावन बनाउँछन् त? गोवर्धन पर्वत भन्छन् नि। यी माताहरूले यस कलियुगी पर्वतलाई सत्ययुगी बनाउँछन्। गोवर्धनको फेरि पूजा पनि गर्छन्, त्यो हो तत्त्व पूजा। संन्यासीहरूले पनि ब्रह्म अथवा तत्त्वलाई याद गर्छन्। सम्झन्छन्– यही परमात्मा हो, ब्रह्म भगवान हो। बाबा भन्नुहुन्छ– यो त भ्रम हो। ब्रह्माण्डमा त आत्माहरू अण्डा जसरी रहन्छन्, निराकारी वृक्ष पनि देखाइएको छ। हरेकको आ-आफ्नो सेक्सन छ। यस वृक्षको फेद हो– सूर्यवंशी-चन्द्रवंशी घराना। फेरि वृद्धि हुन्छ। मुख्य छन्– ४ धर्महरू। हिसाब गर्नुपर्छ– कुन कुन धर्म कहिले आउँछन्? जस्तै, गुरुनानक ५०० वर्ष पहिला आए। यस्तो होइन, सिक्ख धर्मका मानिसहरूले कुनै ८४ जन्मको पार्ट खेल्छन्। बाबा भन्नुहुन्छ– ८४ जन्म केवल तिमी अलराउण्डर ब्राह्मणहरूको हो। बाबाले सम्झाउनु भएको छ– तिम्रो नै अलराउण्ड पार्ट छ। ब्राह्मण, देवता, क्षेत्रिय, वैश्य, शूद्र तिमी बन्छौ। जो पहिला देवी-देवता बन्छन्, उनैले सारा चक्कर लगाउँछन्। 

    बाबा भन्नुहुन्छ– तिमीले वेद-शास्त्र त धेरै सुन्यौ। अब यो सुनेर जज गर– शास्त्र ठीक या गुरुहरू ठीक हुन् या जो बाबाले सुनाउनु हुन्छ, त्यो ठीक छ? बाबालाई भन्छन् नै ट्रुथ। मैले सत्य बताउँछु, जसबाट सत्ययुग बन्छ, अनि द्वापरदेखि तिमीले झुटो सुन्दै आएका हौ, त्यसबाट नर्क बन्न पुगेको हो। 

    बाबा भन्नुहुन्छ– म तिम्रो गुलाम हुँ, भक्तिमार्गमा तिमीले गाउँदै आयौ– मैं गुलाम, मैं गुलाम तेरा...। अहिले म तिमी बच्चाहरूको सेवामा आएको छु। बाबालाई निराकारी, निरहंकारी भनेर गायन गरिन्छ। बाबा भन्नुहुन्छ– मेरो कर्तव्य हो तिमी बच्चाहरूलाई सदा सुखी बनाउनु। गीतमा पनि छ– अगम-निगम का भेद खोले...। बाँकी डमरु आदि बजाउने कुनै कुरा होइन। यो त आदि मध्य अन्त्यको सारा समाचार सुनाउँछु। बाबा भन्नुहुन्छ– तिमीहरू सबै बच्चाहरू कलाकार हौ, म यस समय गर्ने-गराउनेवाला हुँ। मैले यिनी (ब्रह्मा)द्वारा स्थापना गराउँछु। बाँकी गीतामा जे लेखिएको छ, त्यो त हुँदै होइन। अहिले त प्राक्टिकल कुरा छ नि। बच्चाहरूलाई यो सहज ज्ञान र सहज योग सिकाउँछु, योग लगाउन सिकाउँछु। भनिएको छ नि– योग लगाइदिने, झोली भर्नेवाला, बिमारी मेटाउनेवाला...। गीताको पनि पूरा अर्थ सम्झाउनु हुन्छ। योग सिकाउँछु र अरूलाई सिकाउन सक्ने पनि बनाउँछु। बच्चाहरूले योग सिकेर फेरि अरूलाई सिकाउँछन् नि। भन्ने गर्छन्– योगबाट हाम्रो ज्योति जगाउने...। यस्तो गीत पनि कसैले घरमा बसेर सुने भने सारा ज्ञान बुद्धिमा घुम्छ। बाबाको यादद्वारा वर्साको पनि नशा चढ्छ। केवल परमात्मा वा भगवान भनेर मात्र मुख मीठो हुँदैन। बाबा अर्थात् वर्सा। 

    अब तिमी बच्चाहरूले बाबासँग आदि-मध्य-अन्त्यको ज्ञान सुनेर फेरि अरूलाई सुनाउँछौ, यसलाई नै शंखध्वनि भनिन्छ। तिम्रो हातमा कुनै पुस्तक आदि छैन। बच्चाहरूले केवल धारण गर्नु छ। तिमी हौ सच्चा रूहानी ब्राह्मण, रूहानी बाबाका बच्चाहरू। सच्चा गीताबाट विश्व स्वर्ग बन्छ। उनीहरूले त केवल कथा बनाएका छन्। तिमीहरू सबै पार्वतीहरू हौ, तिमीलाई यो अमरकथा सुनाइरहेको छु। तिमीहरू सबै द्रोपदीहरू पनि हौ। त्यहाँ कोही नंगन हुँदैनन्। भन्छन्– त्यसोभए बच्चा कसरी जन्मिन्छ? अरे, हो नै निर्विकारी भने विकारको कुरा कसरी हुन सक्छ। तपाईंहरूले बुझ्न सक्नुहुन्न र, योगबलबाट बच्चा कसरी पैदा हुन्छ! तिमीले वाद-विवाद गर्छौ! तर यो त शास्त्रको कुरा हो नि। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ। मैले जान्दछु– ड्रामा अनुसार मायाले फेरि तिमीलाई दु:खी बनाउने छ। मैले कल्प-कल्प आफ्नो कर्तव्य पालन गर्न आउँछु। जान्दछु– कल्प पहिलाका सिकीलधे बच्चारु नै आएर आफ्नो वर्सा लिन्छन्। निशानी पनि देखाउँछन्। यो उही महाभारत लडाईं हो। तिमीले फेरि देवी-देवता अथवा स्वर्गको मालिक बन्ने पुरुषार्थ गर्नु छ। यसमा स्थूल लडाईंको कुरा होइन। न त असुर र देवताहरूको लडाईं नै भएको हो। त्यहाँ त माया नै हुँदैन जसकारण लडाईं होस्। आधाकल्प न कुनै लडाईं, न कुनै बिमारी, न दु:ख-अशान्ति। अरे, त्यहाँ त सदैव सुख, बसन्तै बसन्तै हुन्छ। हस्पिटल हुँदैन, बाँकी स्कुलमा पढ्नु त पर्छ नै। अब तिमी हरेकले यहाँबाट वर्सा लिएर जान्छौ। मानिसहरू पढाइबाट आफ्नो खुट्टामा उभिन्छन्। यसमा कहानी पनि छ। कसैले सोध्यो– तिमी कसको खान्छ्यौ? उनले भनिन्– आफ्नो तकदिरको खान्छु। त्यो त हो हदको तकदिर। अहिले तिमी आफ्नो बेहदको तकदिर बनाउँछौ। तिमीले यस्तो तकदिर बनाउँछौ, फेरि २१ जन्म आफ्नै राज्य भाग्य भोग्छौ। यो हो बेहदको सुखको वर्सा, अब तिमी बच्चाहरूले दुवैको भिन्नतालाई राम्ररी जानेका छौ। यहाँ कति सुख थियो। अब के हाल भएको छ! जसले कल्प पहिला राज्य-भाग्य लिएका थिए उनैले अहिले लिन्छन्। यस्तो पनि होइन– जो ड्रामामा होला, त्यही मिल्छ, फेरि त भोकै मर्छौ। यो ड्रामाको रहस्य पूरा बुझ्नु छ। शास्त्रहरूमा कोहीले कति आयु, कोहीले कति लेखिदिएका छन्। अनेकानेक मत-मतान्तर छ। कसैले फेरि भन्छन्– हामी त सधैं सुखी नै छौं। अरे, तिमी कहिल्यै बिमारी हुँदैनौ? उनले भन्छन्– रोग आदि त शरीरलाई हुन्छ, आत्मा निर्लेप छ। अरे, चोट आदि लाग्छ भने दु:ख त आत्मालाई हुन्छ हैन? यो त बुझ्ने कुरा हो। यो स्कुल हो, एउटै टिचरले पढाउनु हुन्छ। ज्ञान एउटै छ। लक्ष्य र उद्देश्य एउटै छ– नरबाट नारायण बन्ने। जो फेल हुन्छन्, उनै चन्द्रवंशीमा जान्छन्। जब देवताहरू थिए भने क्षत्रिय थिएनन्, जब क्षत्रिय थिए भने वैश्य थिएनन्, जब वैश्य थिए भने शूद्र थिएनन्। यो सबै बुझ्ने कुरा हो। माताहरूको लागि धेरै सहज छ। एउटै परीक्षा छ। यस्तो नसम्झ– पछि आउनेले कसरी पढ्न सक्छन्। तर अहिले त नयाँहरूले झन् उन्नति गरिरहेका छन्। प्राक्टिकलमा छ। बाँकी माया रावणको कुनै रूप छैन। भनिन्छ– यिनमा कामको भूत छ, बाँकी रावणको कुनै पुतला वा शरीर त छँदै छैन। 

    सबै कुराको सेक्रिन हो मनमनाभव। भन्नुहुन्छ– मलाई याद गर्यौ भने यस योग अग्निबाट विकर्म विनाश हुन्छ। बाबा गाइड बनेर आउनु हुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले त सम्मुख तिमी बच्चाहरूलाई पढाइरहेको छु। कल्प-कल्प आफ्नो कर्तव्य पालन गर्छु। पारलौकिक बाबा भन्नुहुन्छ– मैले आफ्नो कर्तव्य निर्वाह गर्न आएको छु– तिमी बच्चाहरूको मदतद्वारा। मदत दियौ भने तिमीले पनि पाउने छौ। म कति बडा बाबा हुँ। कति ठूलो यज्ञ रचिएको छ। ब्रह्माको मुख वंशावली तिमीहरू सबै ब्राह्मण-ब्राह्मणीहरू भाइ-बहिनी हौ। जब भाइ-बहिनी बन्छन् तब स्त्री-पुरुषको दृष्टि बदलिन्छ। बाबा भन्नुहुन्छ– यस ब्राह्मण कुललाई कलंकित नगर, पवित्र रहने युक्तिहरू छन्। मानिसहरूले भन्छन्– यो कसरी हुन सक्छ? यस्तो हुन सक्दैन, सँगसँगै रहेर आगो नलागोस्! बाबा भन्नुहुन्छ– बीचमा ज्ञान तरबार भएमा कहिल्यै आगो लाग्न सक्दैन, तर जब दुवै मनमनाभव रहन्छन् भने, शिवबाबालाई याद गरिरहन्छन् भने, आफूलाई ब्राह्मण सम्झन्छन् भने मात्र। मानिसहरूले त यी कुरा नबुझ्नाले हंगामा मच्चाउँछन्, गाली पनि खानु पर्ने हुन्छ। कृष्णलाई कहाँ कसैले गाली दिन सक्छन् र! कृष्ण यसरी आउने हो भने बेलायत आदिबाट एकदम हवाइजहाजमा उडेर आउने छन्, भीड मच्चिन्छ। यहाँ थाहा छैन के हुन्छ। 

    अच्छा, आज भोग छ– यो हो माइतीघर र त्यो हो घर । संगममा भेटघाट हुन्छ। कसै-कसैले यसलाई जादू सम्झन्छन्। बाबाले सम्झाउनु भएको छ– यो साक्षात्कार के हो? भक्ति मार्गमा कसरी साक्षात्कार हुन्छ, यसमा संशयबुद्धि हुनु हुँदैन। यो रसम-रिवाज हो। शिवबाबाको भण्डारा हो, त्यसैले उहाँलाई याद गरेर भोग लगाउनु पर्छ। योगमा रहनु त राम्रै हो। बाबाको याद रहन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    धारणाको लागि मुख्य सारः– 

    १) स्वयंलाई ब्रह्मा मुख वंशावली सम्झेर पक्का पवित्र ब्राह्मण बन्नु छ। कहिल्यै आफ्नो यस ब्राह्मण कुललाई कलंकित गर्नु हुँदैन। 

    २) बाबा समान निराकारी, निरहंकारी बनेर आफ्नो कर्तव्य पूरा गर्नु छ। रूहानी सेवामा तत्पर रहनु छ। 

    वरदान:–

    सेवाको प्रवृत्तिमा रहँदै बीच - बीचमा एकान्तवासी बन्ने अन्तर्मुखी भव 

    शान्तिको शक्तिको प्रयोग गर्नको लागि अन्तर्मुखी र एकान्तवासी बन्न आवश्यक छ। कति बच्चाहरूले भन्छन्– अन्तर्मुखी स्थितिको अनुभव गर्न वा एकान्तवासी बन्नको लागि समय नै मिल्दैन। किनकि सेवाको प्रवृत्ति, वाणीको शक्तिको प्रवृत्ति धेरै बढेको छ तर यसको लागि एकैचोटि आधा घण्टा वा एक घण्टा निकाल्नुको सट्टा बीच-बीचमा अलिकति पनि समय निकाल्यौ भने शक्तिशाली स्थिति बन्छ। 

    स्लोगन:–

    ब्राह्मण जीवनमा युद्ध गर्नुको सट्टा आनन्द मनायौ भने मुश्किल पनि सहज हुन्छ। 


    ***OM SHANTI***

    Brahma Kumaris Murli Nepali 26 December 2019

    No comments

    Note: Only a member of this blog may post a comment.