Aaj ki Murli Hindi 13 November 2019 - BK MURLI TODAY

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    Aaj ki Murli Hindi 13 November 2019
    Aaj ki Murli Hindi 13 November 2019

    Aaj ki Murli Hindi 13 November 2019

    13-11-2019 ओम् शान्तिप्रातः मुरली“बापदादा” मधुबन “ मीठे बच्चे– बाबाको श्रीमतमा चल्नु नै बाबाको आदर गर्नु हो , मनमतमा चल्नेले अनादर गर्छन्।”

    प्रश्न

    गृहस्थ व्यवहारमा रहनेलाई कुन एउटा कुराको लागि बाबाले मनाही गर्नुहुन्न तर एक निर्देशन दिनुहुन्छ– त्यो कुनचाहिँ हो? 

    उत्तर

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! ठीक छ तिमीहरू सबैको सम्पर्कमा आऊ, कुनै पनि नोकरी आदि गर, सम्पर्कमा आउनु पर्छ, रंगीन कपडा लगाउनु पर्छ भने लगाऊ, बाबाले मनाही गर्नुहुन्न। बाबा त केवल निर्देशन दिनुहुन्छ– देह सहित देहका सबै सम्बन्धबाट ममत्व निकालेर मलाई याद गर। ओम् शान्ति। शिवबाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ अर्थात् आफू समान बनाउने पुरुषार्थ गराउनु हुन्छ। जसरी म ज्ञानको सागर हुँ त्यसैगरी बच्चाहरू पनि बनून्। यो त मीठे बच्चेले जानेका छन्– सबै समान बन्दैनन्। पुरुषार्थ त हरेकले आ-आफ्नो गर्नु पर्ने हुन्छ। स्कुलमा विद्यार्थीले त धेरै पढ्छन् तर सबै उस्तै सम्मान सहित पास हुँदैनन्। फेरि पनि टिचरले पुरुषार्थ गराउँछन्। तिमी बच्चाहरूले पनि पुरुषार्थ गर्छौ। बाबा सोध्नुहुन्छ तिमी के बन्छौ? सबैले भन्छन्– हामी आएका हौं नै नरबाट नारायण, नारीबाट लक्ष्मी बन्न। यो त ठीक छ, तर आफ्नो कृयाकलाप पनि हेर। बाबा पनि सर्वोच्च हुनुहुन्छ। टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। यस्ता बाबालाई कसैले जानेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा हाम्रा पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। तर उहाँ जस्तो हुनुहुन्छ त्यही रूपमा उहाँलाई जान्न पनि मुश्किल छ। पितालाई जानेपछि टिचरपना भुलिन्छ, फेरि गुरुपना भुलिन्छ। बाबाको आदर पनि बच्चाहरूले राख्नुपर्छ। आदर केलाई भनिन्छ? बाबाले जे पढाउनु हुन्छ त्यो राम्रोसँग पढ्छन् अर्थात् आदर गर्छन्। बाबा त धेरै मीठो हुनुहुन्छ। भित्र धेरै खुशीको पारा चढिरहोस्। अपार खुशी रहनु पर्छ। हरेकले आफूसँग सोधोस्– म यस्तो खुशी छु? सबै समान त रहन सक्दैनन्। पढाइमा पनि धेरै फरक छ। ती स्कुलहरूमा पनि कति फरक हुन्छ। त्यहाँ त साधारण टिचरले पढाउँछन्, यहाँ त हुनुहुन्छ असाधारण। यस्तो टिचर कोही हुँदै-हुँदैन। कसैलाई यो थाहा छैन– निराकार पिता, टिचर पनि बन्नुहुन्छ। श्रीकृष्णको नाम दिएका छन् तर उनीहरूलाई थाहै छैन– उनी पिता कसरी हुन सक्छन्। कृष्ण त देवता हुन् नि। हुन त कृष्ण नाम धेरैको हुन्छ। तर कृष्ण भन्ने बित्तिकै तुरुन्त श्रीकृष्ण सामुन्ने आउँछ। उनी त देहधारी हुन् नि। तिमीलाई थाहा छ– यो शरीर उहाँको होइन। स्वयं भन्नुहुन्छ– मैले लोन लिएको छु। पहिला पनि मनुष्य थिए। अहिले पनि मनुष्य हुन्। यी भगवान होइनन्। उहाँ त एउटै निराकार हुनुहुन्छ। अब तिमी बच्चाहरूलाई कति रहस्य सम्झाउनु हुन्छ। तर पनि फाइनल पिता सम्झनु, टिचर सम्झनु यो अहिले हुन सक्दैन, घरी-घरी भुल्छन्। देहधारीतर्फ बुद्धि जान्छ। वास्तवमा बाबा, पिता, टिचर, सद्गुरु हुनुहुन्छ– यो निश्चय, बुद्धिमा अहिले छैन। अहिले त भुल्छन्। विद्यार्थीले कहिले टिचरलाई भुल्छन् र! होस्टेलमा रहनेले त कहिल्यै भुल्दैनन्। जो विद्यार्थी होस्टेलमा रहन्छन् उनीहरूलाई त पक्का हुन्छ नि। यहाँ त त्यो पनि पक्का निश्चय छैन। नम्बरवार पुरुषार्थ अनुसार होस्टेलमा बसेका छन्। त्यसैले अवश्य पनि विद्यार्थी हुन् तर पक्का निश्चय छैन, जानेका छन्– सबैले आ-आफ्नो पुरुषार्थ अनुसार पद लिइरहेका छन्। त्यस पढाइमा त फेरि पनि कोही बेरिस्टर बन्छन्, इन्जिनियर बन्छन्, डाक्टर बन्छन्। यहाँ त तिमी विश्वको मालिक बनिरहेका छौ। त्यसैले यस्तो विद्यार्थीको बुद्धि कस्तो हुनुपर्छ। चालचलन, वार्तालाप कस्तो असल हुनुपर्छ। 


    बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमी कहिल्यै रुनु हुँदैन। तिमी विश्वको मालिक बन्छौ, याहुसेन मच्चाउनु हुँदैन। याहुसेन मच्चाउनु– यो हो सबैभन्दा ठूलो रूवाइ। बाबा त भन्नुहुन्छ– जो रून्छ उसले गुमाउँछ....। विश्वको उच्च भन्दा उच्च बादशाही गुमाउन पुग्छन्। भन्न त भन्छन्– हामी नारायण बन्नको लागि आएका हौं तर चाल-चलन कहाँ छ! नम्बरवार पुरुषार्थ अनुसार सबैले पुरुषार्थ गरिरहेका छन्। कोहीले त राम्रोसँग पास भएर छात्रवृत्ति लिन्छन्, कोही फेल हुन्छन्। नम्बरवार त हुन्छन् नै। तिमीहरूमा पनि कोहीले त पढ्छन्, कोहीले पढ्दा पनि पढ्दैनन्। जसरी गाउँमा बस्नेलाई पढ्न राम्रो लाग्दैन। घाँस काट्न भन्यो भने खुशीले जान्छन्। त्यसमा स्वतन्त्र जीवन सम्झन्छन्। पढ्नुलाई बन्धन सम्झन्छन्, यस्ता पनि धेरै हुन्छन्। धनवानहरूमा जमीन्दारहरू पनि कम हुँदैनन्। आफूलाई धेरै खुशीले स्वतन्त्र सम्झन्छन्। नोकरी नाम त हुँदैन नि। कार्यालयको काम आदिमा त मनुष्यले नोकरी गर्छन् नि। अहिले तिमी बच्चाहरूलाई बाबाले पढाउनु हुन्छ, विश्वको मालिक बनाउन। नोकरी गर्न पढाउनुहुन्न। तिमी त यस पढाइबाट विश्वको मालिक बन्नेवाला हौ नि। त्यसैले यो पढाइ धेरै उच्च ठहरियो। तिमी त विश्वको मालिक बिल्कुलै स्वतन्त्र बन्छौ। कुरा कति सजिलो छ। यो एउटै पढाइ हो, जसबाट तिमी यति उच्च महाराजा-महारानी बन्छौ, त्यो पनि पवित्र। तिमी त भन्छौ– कुनै पनि धर्मका हुन्, आएर पढून्। सम्झन्छन्– यो पढाइ त धेरै उच्च छ। विश्वको मालिक बन्छौ, यो त बाबाले पढाउनु हुन्छ। तिम्रो बुद्धि अब कति विशाल बनेको छ। हदको बुद्धिबाट बेहदको बुद्धिमा आएका छौ नम्बरवार पुरुषार्थ अनुसार। कति खुशी हुन्छ– हामीले सबैलाई विश्वको मालिक बनाउँछौं। वास्तवमा नोकरी त त्यहाँ पनि हुन्छ, दास-दासीहरू, नोकर आदि त चाहिन्छन् नि। पढेकाको अगाडि अनपढले भारी बोक्छ। त्यसैले बाबा भन्नुहुन्छ– राम्ररी पढ्यौ भने तिमी यस्तो बन्न सक्छौ। भन्छन् पनि हामी यस्तो बन्छौं। तर पढेनौ भने के बन्छौ? पढ्दैनौ अर्थात् बाबालाई त्यति आदरले याद गर्दैनौ। बाबा भन्नुहुन्छ– जति तिमीले याद गर्छौ त्यति तिम्रो विकर्म विनाश हुन्छ। बच्चाहरूले भन्छन्– बाबा हजुरले जसरी चलाउनु हुन्छ। बाबाले पनि मत यिनीद्वारा नै दिनुहुन्छ नि। तर यिनको मत पनि लिँदैनन्, फेरि पनि पुरानो सडेका मनुष्य मतमा नै चल्छन्। देखेका पनि छन्, शिवबाबाले यस रथद्वारा मत दिनुहुन्छ फेरि पनि आफ्नो मतमा चल्छन्। जसलाई पाई-पैसाको मत भन्न सकिन्छ, त्यसमा चल्छन्। रावणको मतमा चल्दा-चल्दा यतिबेला कौडीतुल्य बनेका छन्। अब राम शिवबाबाले मत दिनुहुन्छ। निश्चयमा नै विजय छ, यसमा कहिल्यै पनि नोक्सान हुने छैन। नोक्सानलाई पनि बाबाले फाइदामा बदल्नु हुन्छ, निश्चय बुद्धिलाई। संशय-बुद्धि हुने भित्र-भित्र अतालिइरहन्छन्। निश्चयबुद्धिलाई कहिले अतालिनुपर्दैन, कहिले घाटा पर्न सक्दैन। बाबाले स्वयं ग्यारेन्टी गर्नुहुन्छ– श्रीमतमा चल्नाले कहिल्यै अकल्याण हुन सक्दैन। मनुष्य मतलाई देहधारीको मत भनिन्छ। यहाँ त छन् नै मनुष्यहरू। गायन पनि गर्छन्– मनुष्य मत, ईश्वरीय मत र दैवी मत। अब तिमीलाई ईश्वरीय मत मिल्छ, जसद्वारा तिमी मनुष्यबाट देवता बन्छौ। फेरि त्यहाँ स्वर्गमा त तिमीले सुख मात्रै पाउँछौ। कुनै दु:खको कुरा हुँदैन। त्यो पनि स्थायी सुख हुन्छ। यस समयमा तिमीलाई अनुभूति गराउनु पर्ने हुन्छ, भविष्यको अनुभूति आउँछ। 



    अहिले यो हो पुरुषोत्तम संगमयुग, जब श्रीमत मिल्छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु, त्यो तिमीले जान्दछौ। उहाँको श्रीमतमा तिमी चल्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! गृहस्थ व्यवहारमा बस। कसले भन्छ तिमीले कपडा आदि परिवर्तन गर। चाहे जेसुकै लगाऊ। धेरैको सम्बन्धमा आउनु पर्छ। रंगीन कपडाको लागि कसैले मनाही गर्दैन। कुनै पनि कपडा लगाऊ, यससँग केही सरोकार छैन। बाबा भन्नुहुन्छ– देह सहित देहका सबै सम्बन्ध छोड। बाँकी सबैथोक लगाऊ। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यो पक्का निश्चय गर। यो पनि जानेका छौ– आत्मा नै पतित र पावन बन्छ, महात्मालाई पनि महान् आत्मा भनिन्छ, महान् परमात्मा होइन। भन्न पनि सुहाउँदैन। सम्झनको लागि कति राम्रा प्वाइन्टहरू छन्। सद्गुरु सर्वका सद्गति दिने एक बाबा नै हुनुहुन्छ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। अहिले तिमी बच्चाहरूले सम्झन्छौ– बाबाले हामीलाई फेरि यस्तै देवता बनाउनु हुन्छ। पहिला यो बुद्धिमा थिएन। कल्पको आयु कति छ त्यो पनि जानेका थिएनौ। अहिले त सारा स्मृति आएको छ। यो पनि बच्चाहरूले बुझेका छन्– आत्मालाई नै पाप आत्मा पुण्य आत्मा भनिन्छ। पाप परमात्मा कहिले भनिदैन। फेरि कसैले भनोस् परमात्मा सर्वव्यापी हुनुहुन्छ त्यो पनि कति अज्ञानता भयो। यो बाबाले नै बसेर सम्झाउनु हुन्छ। अहिले तिमीलाई थाहा छ– ५ हजार वर्षपछि बाबाले नै आएर पाप आत्माबाट पुण्य आत्मा बनाउनु हुन्छ। केवल एकलाई होइन, सबै बच्चाहरूलाई बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई बनाउनेवाला म नै बेहदको पिता हुँ। अवश्य पनि बच्चाहरूलाई बेहदको सुख दिन्छु। सत्ययुगमा हुन्छन् नै पवित्र आत्मा। रावणमाथि विजय पाउनाले तिमी पुण्य आत्मा बन्छौ। तिमी महसुस गर्छौ मायाले कति विघ्न पार्छ। एकदम नाकमा दम चढाइदिन्छ। तिमीले सम्झन्छौ– मायासँग कसरी युद्ध चल्छ। उनीहरूले फेरि कौरव र पाण्डवहरूको युद्ध, सेना आदि के-के बसेर देखाएका छन्। यस युद्धको बारेमा कसैलाई पनि थाहा छैन। यो हो गुप्त। यसलाई तिमीले नै जानेका छौ। मायासँग हामी आत्माहरूले युद्ध गर्नु छ। बाबा भन्नुहुन्छ– तिम्रो सबैभन्दा ठूलो दुस्मन हो नै काम विकार। योगबलबाट तिमीले यसमाथि विजय प्राप्त गर्छौ। योगबलको अर्थ पनि कसैले बुझ्दैनन्। जो सतोप्रधान थिए उनीहरू नै तमोप्रधान बनेका छन्। बाबा स्वयं भन्नुहुन्छ– धेरै जन्मको अन्तमा म यिनमा प्रवेश गर्छु। उनै तमोप्रधान बनेका छन्, तत्त्वम्। बाबाले एक जनालाई मात्र कहाँ भन्नुहुन्छ र! नम्बरवार सबैलाई भन्नुहुन्छ। नम्बरवार को-को छन्, यहाँ तिमीलाई थाहा भएको छ। पछि गएर तिमीलाई धेरै थाहा हुन्छ। मालाको तिमीलाई साक्षात्कार गराउनु हुन्छ। स्कुलमा गएपछि सबै कुरा थाहा हुन्छ नि। रिजल्ट सारा निक्लिन्छ। 



    बाबाले बच्चीसँग सोध्नुभयो– तिम्रो परीक्षाको पेपर कहाँबाट आउँछ? भनिन् लण्डनबाट। अब तिम्रो पेपर कहाँबाट निक्लन्छ? माथिबाट। तिम्रो पेपर माथिबाट आउने छ। सबै साक्षात्कार गराउनु हुन्छ। कस्तो अद्भुत पढाइ छ। कसले पढाउँछ, कसैलाई थाहा छैन। कृष्ण भगवानुवाच भनिदिन्छन्। पढाइमा सबै नम्बरवार छन्। त्यसैले खुशी पनि नम्बरवार नै हुन्छ। यो जुन गायन छ– अतीन्द्रिय सुख गोप-गोपिनीहरूसँग सोध, यो पछिको कुरा हो। बाबाले सम्झाउनु भएको छ, जान्न त बाबालाई थाहा छ– यो बच्चा कहिल्यै पनि गिर्दैन तर पनि थाहा छैन के हुन्छ। पढाइ नै पढ्दैन, तकदिरमा छैन। गएर त्यस दुनियाँमा आफ्नो घर बसाऊ भनेमा तुरुन्त जान्छन्। कहाँबाट निक्लेर कहाँ पुग्छन्। उनीहरूको चालचलन, बोल्नु, गर्नु नै यस्तो हुन्छ। सम्झन्छन्– हामीलाई यदि यति इशारा मिल्यो भने हामी गएर अलग रहन्थ्यौं। चालचलनबाट बुझिन्छ। यसको मतलब निश्चय छैन, लाचारी बसेका छन्। धेरै छन् जो ज्ञानको “ग” पनि जानेका छैनन्। कहिल्यै बस्न पनि बस्दैनन्। मायाले पढ्न दिंदैन। यस्ता सबै सेन्टरमा छन्। कहिल्यै पढ्न आउँदैनन्। आश्चर्य छ नि। कति उच्च ज्ञान छ। भगवानले पढाउनु हुन्छ। बाबाले यो काम नगर भन्दा पनि मान्दैनन्। अवश्य उल्टो काम गरेर देखाउने छन्। राजधानी स्थापना भइरहेको छ, त्यसमा त हरेक प्रकारको चाहिन्छ नि। माथिबाट लिएर तलसम्म सबै बन्छन्। पदमा फरक त रहन्छ नि। यहाँ पनि नम्बरवार पद छन्। केवल फरक के छ? त्यहाँ आयु लामो र सुख हुन्छ। यहाँ आयु छोटो र दु:ख छ। बच्चाहरूको बुद्धिमा यी अद्भुत कुरा छन्। यो ड्रामा कसरी बनेको छ। फेरि कल्प-कल्प हामीले उही पार्ट खेल्छौं। कल्प-कल्प खेलिरहन्छौं। यति सानो आत्मामा कति धेरै पार्ट भरिएको छ। उही अनुहार, उही क्रियाकलाप....। यो सृष्टिको चक्र घुमिरहन्छ। बनी-बनाई बन रही... यो चक्र फेरि पनि दोहोरिन्छ। सतोप्रधान, सतो, रजो, तमोमा आउने छन्। यसमा अलमलिने कुरा छैन। ठीक छ, आफूलाई आत्मा सम्झन्छौ? आत्माका पिता शिवबाबा हुनुहुन्छ, यो त बुझेका छौ नि। जो सतोप्रधान बन्छन् उनीहरू नै फेरि तमोप्रधान बन्छन्। फेरि बाबालाई याद गर्यौ भने सतोप्रधान बन्छौ। यो त राम्रो हो नि। बस यहाँसम्म नै रोक्नुपर्छ। भन, बेहदका बाबाले यो स्वर्गको वर्सा दिनुहुन्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। बाबाले ज्ञान दिनुहुन्छ, यसमा शास्त्र आदिको त कुरा नै छैन। शास्त्र सुरुमा कहाँबाट आउँछन्। यो त जब धेरै हुन्छन् तब पछि बसेर शास्त्र बनाउँछन्। सत्ययुगमा शास्त्र हुँदैनन्। परम्परा त कुनै चीज हुँदैन। नाम– रूप त परिवर्तन हुन्छ। अच्छा! 



    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सार



    १) कहिल्यै पनि रुनु-कराउनु हुँदैन। बुद्धिमा रहोस्– हामी विश्वको मालिक बन्छौं, हाम्रो चालचलन, वार्तालाप धेरै राम्रो हुनुपर्छ। कहिल्यै पनि रुनु हुँदैन। 



    २) निश्चयबुद्धि बनेर एक बाबाको मतमा चलिरहनु छ, कहिल्यै अलमलिनु वा अतालिनु छैन। निश्चयमा नै विजय छ, त्यसैले आफ्नो पाई-पैसाको मत चलाउनु छैन। 


    वरदान

    आफ्नो पुरुषार्थको विधिमा स्वयंको प्रगति अनुभव गर्ने सफलताको सितारा भव जसले आफ्नो पुरुषार्थको विधिमा स्वयंको प्रगति वा सफलताको अनुभव गर्छ, ऊ नै सफलताको सितारा हो। उसको संकल्पमा स्वयंको पुरुषार्थको बारेमा पनि “थाहा छैन हुन्छ या हुँदैन”, “गर्न सक्छु या सक्दिनँ”– यो असफलताको अंश मात्र पनि हुँदैन। स्वयंप्रति सफलता अधिकारको रूपमा अनुभव गर्ने छ। उसलाई सहज र स्वत: सफलता मिलिरहन्छ। 

    स्लोगन

    सुख स्वरूप बनेर सुख दियौ भने पुरुषार्थमा आशीर्वाद जोडिन्छ। 

    No comments

    Note: Only a member of this blog may post a comment.